नेपाल तथा विश्व बजारमा शैक्षिक जनशक्तिको बृद्धि र बिकासको प्रयासलाई सहयोग पुग्ने उद्देश्यकासाथ शैक्षिक क्षेत्रका बिभिन्न बिषयमा अध्ययन गर्न चाहने विद्यार्थीको लागि आर्थिक रुपले संभाब्य देखिएको अवस्थामा स्वदेश तथा विदेशमा शिक्षा हासिल गर्नका लागि रकमको आवश्यकता देखाई नेपालभर यस बैंकका कार्यालयबाट कर्जा माग गर्ने नेपाली नागरिकलाई सर्बसुलभ रुपमा शैक्षिक कर्जा प्रदान गरिन्छ।
यस उद्देश्य अन्तर्गत स्वदेश तथा बिदेशमा उच्च माध्यमिक शिक्षा (१०+२) तथा प्रमाणपत्र तह पश्यात विश्व बिद्यालय तहमा अध्यापन हुने बिभिन्न बिषयमका स्नातक र स्नातकोतर तह, बिद्याबारिधि एवम् अनुसन्धनात्मक अध्ययनका साथै बिभिन्न छोटो तथा मध्यम अवधिको तालिमका लागि शिक्षा हासिल गर्न योग्य नेपाली बिद्यार्थिलाई कर्जा प्रदान गर्न सकिन्छ।
पेश गर्नु पर्ने कागजातहरु
१.विदेशमा अध्ययन गर्ने भए अध्ययन गर्न जाने देश,अध्ययन गर्ने संस्था,विषय आदि समेत तोकी सम्बन्धित शिक्षण संस्थाबाट जारी गरिएको सम्बन्धित तहमा अध्ययनको लागि स्वीकृती पत्र तथा सो को बार्षिक शुल्कको विवरण।
२.अध्ययन गर्न जाने ब्यक्तिले प्राप्त गरेको शैक्षिक प्रमाणपत्रहरु एस.एल.सी र सो भन्दा माथिको प्रमाणपत्रको प्रतिलिपि।
३.बिदेशमा अध्ययन गर्न जाने हकमा सम्बन्धित शिक्षण संस्था, नेपालको विश्वविद्यालय वा आधिकारिक निकायबाट मान्यता प्राप्त भएको प्रमाण वा पत्र।
४.बिदेशमा अध्ययन गर्ने ब्यक्तिको हकमा पासपोर्ट तथा भिसाको प्रतिलिपि पेश गर्नु पर्नेछ।
५.धितोसँग सम्बन्धित तथा बैंकलाई आवश्यक भएको अन्य कागजातहरु।
ग्राहकबाट मासिक ब्याज तथा किस्ता बुझाउन सक्ने आयश्रोतको विवरणको आधारमा कर्जाको साँवा ब्याज तिर्न सक्षम देखिएमा मात्र कर्जा प्रदान गरिन्छ।