कृषि उत्पादन तथा सामाग्री वेचविखन कर्जा
कृषि जन्य कच्चा/प्रशोधित बस्तुहरु तथा कृषि कार्यका लागि आवश्यक पर्ने विविध सामाग्रीहरुको बेचविखन कार्यका लागि आवश्यक पर्ने आवधिक तथा संचालन पुंजिका लागि प्रवाह गर्ने कर्जा।
कर्जा प्राप्त गर्नका लागि हुनुपर्ने आवश्यक न्यूनतम योग्यताः
– व्यति्कगत फर्म, साम्केदारी फर्म तथा कम्पनी भएमा सम्बन्धित निकायमा दर्ता भएको हुनु पर्दछ।
– परियोजनाको प्रकृति/क्षमताको आधारमा व्यवसायिक योजना पेश गर्नु पर्दछ।
– परियोजना संचालन गरिने स्थलमा पर्याप्त कृषि जन्य उपजहरु उपलब्ध भएको हुनु पर्दछ।
– ब्यावसायीक कृषिको विकास भई प्रशस्त कृषि सामाग्रीहरुको माग भएको हुनु पर्दछ।
– बजार संग सम्बन्धित उचित पूर्वाधारको ब्यवस्था भएको हुनु पर्दछ।
– कर्जाको नियमित व्याज तिर्न सक्ने बैकल्पीक आयश्रोतको प्रमाण पेश गर्नु पर्दछ।
– मासिक व्याज बुझाउने प्रतिबद्धता जनाउनु पर्दछ।