आर्थिक रुपले सम्भाब्य देखिएको अवस्थामा बैदेशिक रोजगारको लागि जाने ब्यक्तिले रकमको आवश्यकता देखाई यस बैंकका कार्यालयहरुमा कर्जा माग गर्ने नेपाली नागरिकलाई सर्वसुलभ रुपमा बैदेशिक रोजगार कर्जा प्रदान गरिन्छ।
पेश गर्नु पर्ने कागजातहरु
१. पासपोर्ट तथा भिसाको प्रतिलिपि।
२. बैदेशिक रोजगार कम्पनी वा आधिकारिक निकायको सिफारिस पत्र।
३. नेपाल सरकार आँफैले बैदेशिक रोजगारको लागि प ाउनेको हकमा सम्बन्धित बिभागले ग्राहकलाई रोजगारको लागि छनौट गरेको स्वीकृति पत्र।
४. रोजगारको लागि लाग्ने खर्चको विवरण।
५. मासिक आय श्रोत खुलेको प्रमाण।
६. धितोसँग सम्बन्धित तथा बैंकलाई आवश्यक भएका अन्य कागजातहरु।
बैदेशिक रोजगारका लागि आवश्यक पर्ने तालिम, गन्तब्यसम्म पुग्नका लागि आवश्यक भाडा, भिसा शुल्क , सम्बन्धित रोजगार कम्पनिलाई बुझाउनु पर्ने दस्तुर तथा अन्य विविध शुल्क यकिन गरि आवश्यक कर्जा अनुमान गरिन्छ।
बार्षिक ब्याज दर
मासिक ब्याज बुझाउनु पर्नेछ।