पशुपंछी पालन कर्जा
दुग्ध, मासु तथा मह जन्य पदार्थ उत्पादनलाई सघाउ पुर्याउने उदेश्यले गाई, भैंसी, बाख्रा, खसि, कुखुरा, हांस, माछा तथा माहुरी पालन गर्ने कार्यका लागि आवधिक तथा संचालन पुंजिका लागि प्रवाह गरिने कर्जा।
कर्जा प्राप्त गर्नका लागि हुनुपर्ने आवश्यक न्यूनतम योग्यताः
– व्यति्कगत फर्म, साम्केदारी फर्म तथा कम्पनी भएमा सम्बन्धित निकायमा दर्ता भएको हुनु पर्दछ।
– परियोजनाको प्रकृति/क्षमताको आधारमा व्यवसायिक योजना पेश गर्नु पर्दछ।
– उल्लेखित बस्तुहरु पालनका लागि परियोजना स्थलमा आवश्यक पूर्वाधारहरु (भेटरनरी सेवा, दाना तथा औषधिहरुको उपलब्धता) को उचित व्यवस्था भएको हुनु पर्दछ।
– उत्पादित बस्तु विक्रिको लागि उचित बजारको ब्यवस्था भएको हुनु पर्दछ।
– कर्जाको नियमित व्याज तिर्न सक्ने बैकल्पीक आयश्रोतको प्रमाण पेश गर्नु पर्दछ।
– मासिक व्याज बुझाउने प्रतिबद्धता जनाउनु पर्दछ।