कृषि उत्पादन कर्जा
बैंकले कृषि उदेश्य अन्तर्गत विविध बालीहरु उत्पादन गर्ने कार्यका लागि आवश्यकता अनुसार आवधिक तथा संचालन पुंजिको रुपमा कर्जा प्रवाह गर्दछ। यस उदेश्य अन्तर्गत खाद्यान्न बाली (धान, गहूं, मकै), नगदे बाली (उखु, चिया, कफि, अलैंची), ब्यवसायीक तरकारी खेती, फलफूल खेती, पुष्प ब्यवशाय जस्ता बालीहरु पर्दछन्।
कर्जा प्राप्त गर्नका लागि हुनुपर्ने आवश्यक न्यूनतम योग्यताः
– व्यति्कगत फर्म, साम्केदारी फर्म तथा कम्पनी भएमा सम्बन्धित सरकारी निकायमा दर्ता भएको हुनुपर्दछ।
– परियोजनाको प्रकृति/क्षमताको आधारमा व्यवसायिक योजना पेसगर्नु पर्दछ।
– खेतीका लागि परियोजना स्थलमा आवश्यक सिंचाई तथा अन्य पूर्वाधारहरुको ब्यवस्था भएको हुनु पर्दछ।
– उत्पादित बस्तु विक्रिको लागि उचित बजारको ब्यवस्था भएको हुनुपर्दछ।
– कर्जाको नियमित व्याज तिर्न सक्ने आयश्रोतको प्रमाण पेस गर्नुपर्दछ।
– मासिक व्याज बुझाउने प्रतिबद्धता जनाउनु पर्दछ।