साना तथा घरेलु उद्योग कर्जा
कृषि जन्य उत्पादनमा आधारित साना तथा घरेलु उद्योगहरु स्थापना तथा संचालनका लागि आवश्यक आवधिक तथा संचालन पुंजिका लागि प्रवाह गरिने कर्जा।
कर्जा प्राप्त गर्नका लागि हुनुपर्ने आवश्यक न्यूनतम योग्यताः
– व्यति्कगत फर्म, साम्केदारी फर्म तथा कम्पनी भएमा सम्बन्धित निकायमा दर्ता भएको हुनु पर्दछ।
– परियोजनाको प्रकृति/क्षमताको आधारमा व्यवसायिक योजना पेश गर्नु पर्दछ।
– परियोजना स्थल तथा आसपासको क्षेत्रमा उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ, कृषि सामाग्री एवं अन्य पूर्वाधारहरुको उचित ब्यवस्था भएको हुनु पर्दछ।
– उत्पादित बस्तु विक्रिको लागि उचित बजारको ब्यवस्था भएको हुनु पर्दछ।
– कर्जाको नियमित व्याज तिर्न सक्ने आयश्रोतको प्रमाण पेश गर्नु पर्दछ।
– मासिक व्याज बुझाउने प्रतिबद्धता जनाउनु पर्दछ।