| पारिवारिक कामकाजमा प्रयोग गर्न, भाडामा सञ्चालन गर्न र कृषि तथा औद्योगिक उत्पादनलाई बजारसम्म ढुवानी गर्नका लागि प्रयोग गरिने कार, जिप, भ्यान, पिकअप, माइक्रो बस जस्ता हल्का सवारी साधन खरिद गर्न कर्जा उपलब्ध गराइन्छ। पेश गर्नु पर्ने कागजातहरु १. नेपाल सरकारबाट मान्यता प्राप्त सवारी साधन आपूर्तिकर्ताबाट सवारी साधनको ब्रान्ड र मोडेल नै सहित मूल्य उल्लेखित कोटेशन र आधिकारिक आयातकर्ता कम्पनीको बिक्रि मूल्य वा आपुर्तिकर्ताको बिक्रि मूल्य जुन कम हुन्छ त्यसैलाई आधार मानि मूल्य निर्धारण गरिन्छ। २.घरायसी प्रयोजनका लागि सवारी साधन खरिद गरिने भए आय खुलेको प्रमाणित कागजातहरु। ३. संग ित संघ संस्थाका ब्यक्तिहरुले आफूले संचालन गरेको ब्यवसायलाई सहयोग पुग्ने गरी सवारी साधन कर्जा माग गरेको भए उक्त संस्था दर्ताको प्रमाणपत्र, स्थायी लेखा नं को प्रमाण पत्र , लेखा परिक्षण प्रतिवेदन, प्रबन्ध पत्र नियमावली र संस्थापक सदस्यहरुको प्रमाणित विवरण। ४. अन्य निकायमा कार्यरत कर्मचारी वा रोजगारी प्राप्त ब्यक्ति भएमा उपयुक्त आय तथा सेवा अवधि बांकी भएको प्रमाण पेश गर्नु पर्दछ। ५. भाडामा प्रयोग हुने सवारी साधनको हकमा रुट परमिट लिएको प्रमाण पेश गर्नु पर्नेछ। उक्त रुटको प्रस्थान वा आगमन मध्ये कुनै एक बिन्दु कर्जा प्रवाह गर्ने कार्यालयको जिल्लाभित्र भएको हुनु पर्नेछ। ६. धितोसँग सम्बन्धित तथा बैंकलाई आवश्यक भएको अन्य कागजातहरु। कर्जा कार्यक्रम तराइका सम्पूर्ण जिल्ला र सडक यातायात पुगेका पहाडी तथा उपत्यका क्षेत्रका कार्यालयहरुमा लागु गरिन्छ। मासिक ब्याज बुझाउनु पर्नेछ। |