समाजको अंग भएको नाताले समाजलाई पनि सकेको योगदान दिनुपर्छ भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै कृषि विकास बैंकले विभिन्न सामाजिक कार्यमा योगदान दिँदै आएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले वृद्धाश्रम, अनाथालय, मठ, मन्दिर आदिमा धनराशीका साथै अन्य आवश्यक सहयोग गर्दै आएको छ । यसका साथै विभिन्न कार्यक्रम मार्फत डस्टबिन, खानेपानी, हात धुने ट्यांकी आदिजस्ता पूर्वाधार विभिन्न स्थानमा जडान गरी सफा र स्वस्थ्य समाज निर्माणका लागि बैंकले योगदान दिँदै आएको छ । केही तस्बीरहरुः