Youth Employment Loan

कर्जाको प्रकृति र अवधि : आवधिक कर्जा

अधिकतम ५ वर्ष र Non-Revolving प्रकृतिको हुन्छ | कर्जाको किस्ता भुक्तानी मासिक/त्रैमासिक/अर्धवार्षिक/वार्षिक/EMI रूपमा हुनेछ |

कर्जाको अधिकतम सीमा र धितोको प्रकृति :

रु. ५ लाखसम्म व्यक्तिगत वा सामूहिक जमानीका आधारमा परियोजना धितो |

कर्जा ग्राहकको न्यूनतम योग्यता :

  • माध्यमिक तह वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ |
  • सीप विकास उद्यमशीलता तालिम केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय वा समिति, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद लगायतका सरकारी निकाय मध्ये कुनै निकायबाट कम्तिमा ७ दिनको उद्यम वा व्यवसाय गर्ने सीप विकास र उद्यमशीलता तालिम अनिवार्य रूपमा लिएको वा उक्त कर्जा स्वीकृत भएपछि त्यस्तो संस्थामा सीप विकास तालिम लिएको प्रमाण पेश गरेको हुनु पर्नेछ |
  • उद्यम संचालन तथा कर्जा उपयोग सम्बन्धि संक्षिप्त प्रस्ताव पेश गर्नु पर्नेछ |
  • समूहको हकमा सामूहिक जमानी सम्बन्धि कागजात पेश गर्नु पर्नेछ |