घर खरिद कर्जा
नेपालका बिभिन्न शहरी क्षेत्रहरु ख्ाास गरी महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका क्षेत्र तथा यस्ता क्षेत्रसंग जोडिएका नगर उन्मुख गा.वि.स क्षेत्र भित्र रहेका आवासिय घर, ल्फाट तथा ब्यवसायिक प्रयोजनमा आउने घरहरु खरिद गर्न आवश्यक पर्ने रकम कर्जा स्वरुप उपलब्ध गराइन्छ।
पेश गर्नु पर्ने कागजातहरु
१.कर्जा माग गर्ने ग्राहकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि र खरिद गरिने घरको नापि नक्सा जग्गा धनि दर्ता प्रमाण पूर्जाको प्रतिलिपि चालु आ.व को मालपोत तिरेको रसिदको प्रतिलिपि र सम्बन्धित निकायबाट निर्माण स्वीकृत घरको नक्साको प्रतिलिपि र सम्बन्धित निकायबाट निर्माण स्वीकृत घरको नक्साको प्रतिलिपि घर निर्माण इजाजत पत्र निर्माण सम्पन्नताको प्रमाणपत्र र २ बर्ष अघि मात्र जग्गा खरिद गरेको वा हालको बकस पत्र पाएको भए जग्ग्ाा स्वामित्वमा आउँदाको कागजको प्रतिलिपि।
२.खरिद गरेको घर घडेरी जग्ग्ााको चार किल्ला सहित क्षेत्रफल खुलेको म.न.पा/ न.पा/ गा.वि.स बाट प्रमाणित कागज।
३ खरिद गरिने घरको फोटो।
४.घर बिक्रि गर्ने ब्यक्तिको बैंकले तयार गरको घर बिक्रि गर्ने मनसाय सहितको निवेदन र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि।
५.नियमित आम्दानीको श्रोत खुल्ने कागजात वा बैंकको कर्जा तिर्ने हैसियत भएको प्रमाणहरु ज्ास्तै नोकरी भए सम्बन्धित कार्यालयबाट आय खुलाइएको पत्र बस ट्रक आदि भए सो को ब्लु बुक प्रतिलिपि वा अन्यत्र घर भाडा वा ब्यापार आदि भए सो खुल्ने कागजात आदि। कर्जा ग्राहक बाहेक एकाघर परिवारको नियमित आम्दानीबाट कर्जा तिर्ने भएमा निजको समेत प्रमाणित श्रोत सहित मन्जुरीनामा।
६.खरिद गरिने घर ग्राहकको नाममा राजिनामा पास भै बैंकको नाममा दृष्टिबन्धक पास भए पश्चात बिके्रतालाई रकम भुक्तानी गरि दिएमा मन्जुरी छ भन्ने आशयको ग्राहकको निवेदन।
७.घर खरिद गर्न बैना गरी सकेको भए सो को प्रतिलिपि।
घर खरिद कर्जाको भुक्तानी अवधि ग्राहकको नगद आय ब्ययलाई दृष्टिगत गरि त्रैमासिक किस्ताको हिसावले ५ देखि १५ बर्षभित्र चुक्ता गर्नु पर्ने हुन्छ।
म्ाासिक ब्याज बुझाउनु पर्नेछ।
आवास कर्जा
दिगो र पर्याप्त मासिक आम्दानी भएका शहरी तथा भौतिक पूर्वाधार बिकास भएका क्षेत्रहरुमा रहेको घडेरी जग्गामा घर बनाई बसोबास गर्न चाहने तर एकै पटक सम्पूर्ण रकम लगानी गर्न नसक्ने ग्राहकहरुलाइृ प्रदान गरिन्छ।
नेपालका सम्पूर्ण शहरी तथा भौतिक पूर्वाधार पुगेका ग्रामिण क्षेत्रहरुमा लागु गरिएको र बैंकको सम्बन्धित कार्यालयको कार्यक्षेत्रभित्र घर निर्माण गर्न मात्र कर्जा लगानी गरिन्छ।
पेश गर्नु पर्ने कागजातहरु
१.कर्जा माग गर्ने ग्राहकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, जग्गा धनि प्रमाण पूर्जाको प्रतिलिपि, चालु आ.व. को मालपोत तिरेको रसिदको प्रतिलिपि, निर्माण गरिन लागेको घरको सम्बन्धित निकायबाट स्वीकृत नक्सा, लागत इष्टिमेट, सम्बन्धित नगरपालिका / गा.वि.सबाट घर निर्माणको इजाजत पत्र र घडेरी जग्गाको नापी नक्सा आदि।
२.सम्बन्धित म.न.पा./ उ.म.न.पा./ नगरपालिका/ गा.वि.सबाट घर बनाइने जग्ग्ााको चार किल्ला सहित क्षेत्रफल खुलेको प्रमाणित कागजात।
३.नियमित रुपमा दैनिक मासिक वा बार्षिक आम्दानीको श्रोत खुल्ने कागजातहरु जस्तै अन्य निकायका कर्मचारी भएमा सम्बन्धित कार्यालयबाट आय खुल्ााइएको पत्र घर भाडा वा ब्यापार वा अन्य आय भए आय खुलेको प्रमाणित कागजातहरु।
४.कर्जा आवेदक कम्पनी भएमा सम्बन्धित निकायमा दर्ता भएको प्रमाणपत्र, प्रबन्धपत्र र नियमावली बार्षिक लेखा परिक्षण प्रतिवेदन र कर फरफारक गरेको प्रमाणपत्र।
मासिक ब्याज बुझाउनु पर्नेछ।